Sunday, 23 December 2012
ल हेर्नुस चिलले बच्चा टिपेको (फोटो+भिडियो).
चिलले कुखुराको चल्ला टिपेको त हामीले सुन्दै र देख्दै आएका हौं । तर, मान्छेको बच्चालाई नै टिपेर लग्यो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।
क्यानडाको एक सार्बजनिक पार्कमा यस्तै घटना भएको छ । आकासमा उड्दै गएको गोल्डेन चिलले पार्कमा खेलिरहेको बच्चालाई आफ्नो पन्जाले समाएर लग्यो । केही उचाईसम्म पुगेपछि छेउमै रहेका व्यक्तिहरुले चिललाई धपाउने कोशिश गरे र बच्चाको तौलका कारण चिलको पन्जाबाट फुत्कियो ।
यस घटनामा बच्चालाई कुनै गम्भीर चोट भने नलागेको बताइएको छ । चिल्लले बच्चालाई टिपेर लगेको भिडियो अहिले यू ट्यूवमा चर्चामा छ । धेरैले भने यसको सत्यतामाथि प्रश्न उठाएका छन ।
