Thursday, 20 December 2012
वुटवलको पुष्पलाल चोकमा बेबारिस अबस्थामा १ दर्जन सिसु शव फेला परेको
बुटवल,पुष ५ । वुटवलमा गर्भपतन गराएर फालिएका नवजातशिशुका १ दर्जन कंकालहरु फेला परेको छ । पुष्पलाल पार्क अगाडि फोहोर फाल्ने ठाउँमा शिशुका कंकालहरु फेला परेको प्रहरीले जनाएको छ । झट्ट हेर्दा मानव अंगको विकास नभइ सकेकाले ती कंकाल अवधि नपुगेका शिशुको हुनसक्ने अनुमान गरिएको छ । कानुन अनुसार गर्भपतन गराउन मान्यता पाएका स्वास्थ्य संस्थाहरुमा संकलन भएका कंकाल हुन सक्ने इलाका प्रहरी कार्यालय वुटवलले जनाएको छ । सार्वजनिक स्थलमा त्यसरी शिशुको कंकाल फालिँदा स्थानीय वासिन्दाहरु आतंकित भएका छन् । फेला परेका कंकालको पोष्टमार्टम हुने लुम्विनी अञ्चल अस्पताल वुटवलले जनाएको छ ।