Wednesday, 26 December 2012
हलो जोतेरै महिनाको ३० हजार
मकवानपुरको दामन पालुङका एक युवाले गोरु जोतरै महिनाको ३० हजार रुपैयाँ कमाउने गरेका छन् ।
त्यहाँ खेतबारी जोताउन चाहनेले हली र गोरुलाई पुग्दो खाजा खुवाएर दैनिक हजार रुपैयाँ बुझाउनुपर्छ । जिल्लाका अन्य स्थानको तुलनामा दामन पालुङमा प्रतिहल गोरुको ज्याला हजार रुपैयाँ पुगेको निक्कै नै भईसकेको खबर राजधानी दैनिकले छापेको छ ।
दमन २ का प्रकाश विष्टलाई अहिले गोरु जोतेर भ्याइनभ्याई छ । बर्षको अन्तिम बालीपछि अब आलुका लागि माटो तयार गर्न धमाधम बाँझो फोर्ने समय भएको छ ।
गाउँमा गोरु विरलै पाइने भएकाले हलगोरु ‘बुकिङ’ गर्न गाउँलेहरुमा तँछाडमँछाड नै छ । दामन २ का समाज विष्टले यसपाली काउली खेती सकिने वित्तिकै हजार रुपैयाँ ज्याला तिरेर खेत जोतिसकेका छन् । पछि नपाइएला भनेर आफुले हतार गरेको उनले सुनाए ।