Sunday, 30 December 2012

बेडसिन पछि पुजनाको अर्को उत्तेजक रुप (फोटो फिचरसहित)

चलचित्र ‘रक्षा’ मा नायक अशोक फुयाँलसँग बेडसिनको दृश्य दिएर एकाएक चर्चामा आएकी नायिका पुजना प्रधान पुन एकपटक यही चलचित्रको आइटम गीतमा उत्तेजक रुपमा प्रस्तुत भएकी छिन् ।अर्जुन पोखरेलको संगीतमा तयार भएको चलचित्रको एक आइटम गीतको छायांकन आइतबार मह स्टुडियोमा गरिएको हो । ‘आखाले भन्छ हेरौ तिमीलाई’ बोलको गीतमा पुजनाले उत्तेजक आइटम नृत्य गरेकी हुन् ।शिव परियारको आवाजमा समावेश यो गीतको छायांकन क्रोमा लगाएर गरिएको छ । गितमा कविराज गहतराजको नृत्य निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । चैत्र ३० गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको आइटम गीतसँगै छायांकन सकिएको छ । चलचित्रको छायांकन २१ दिनमा सकिएको निर्देशक राजु गिरीले बताए ।बस्नेत मुभिजको ब्यानरमा तयार भएको ‘रक्षा’मा राजेश हमाल, साकिरा घिमिरे लगायतका कलाकारले समेत अभिनय गरेका छन् । आश्रम र चलचित्रमा देखिने पुजना एउटै नभएको बताउदै आएकी नाियका पुजना स्त्रिले रक्षामा खुलेरै अंगप्रदर्शन गरेको वुझ्न सकिन्छ ।

You Might Also Like This

 

Pages