Thursday, 20 December 2012

लाङटाङमा ज्वालामुखी विष्फोट;-


पुस ५- रसुवाको लाङटाङ हिमाल क्षेत्रमा ज्वालामुखी विष्फोट भएको छ। बिहान साढेँ दस बजे एक्कासि धुँवा र ‍आगोको ज्वालासहित ज्वालामुखि विष्फोट भएको थियो। धुँवाको मुस्लो देखिएपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका सेनाको गणले त्यसबारे सैनिक मुख्यालयलाई जानकारी गराएको थियो।
ज्वालामुखी विष्फोट लाङटाङ हिमालाबट चार किलोमिटर उत्तरपूर्वमा रहेको जनाइएको छ। विष्फोट स्थलबाट नजिक रहेका गाउँ लिङलिङ शेर्पा गाउँ र वृद्धिङ एक दिन टाढाको दूरीमा रहेको छ।
घटनाको स्थलको यथार्थ बुझ्न सेनाको हेलिकप्टर त्यसतर्फ गएको सैनिक प्रवक्ता सुरेश शर्माले बताए।

You Might Also Like This

 

Pages