Saturday, 22 December 2012

संसारको तेस्रो उत्कृष्ट पर्यटकीय गन्तव्य-मुस्ताङ :-

७ पुस, मुस्ताङ,मुस्ताङ विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यमा परेको छ । नेपालको सिमानाभित्र पुरे पनि ‘लिटिल तिबेट’ ‘द लास्ट फरविडन किङडोम’ को नामबाट उपल्लो मुस्ताङलाई विश्वका दश उत्कृष्ट गन्तव्यमध्ये तेस्रो नम्बरमा राखिएको छ । ‘लन्ली प्लानेट’ नामक प्रख्यात संस्थाले अन्तिम अर्धनिषेधित अधिराज्य ‘लिटिल टिबेट’ अथवा ‘द लास्ट फरविडन किङडोम’ हेर्ने अन्तिम अवसर भएकाले पर्यटकका लागि नपुगी नहुने गन्तव्यका रुपमा समेत व्याख्या गरेको छ । नेपालको उत्तरी सिमानामा रहेर पनि भाषा, संस्कृति, मौसम, भू-बनोट तिब्बतको जस्तै रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ का लागि प्रकाशित उत्कृष्ट गन्तव्यमा फ्रान्सको कोरसिक, इजरायलको द नेग्याम, नेपालको मुस्ताङ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेको खबर गोरखापत्र दैनिकले छापेको छ ।
मुस्ताङ उत्कृष्ट गन्तव्य मध्यको तेस्रो स्थानमा पर्नु नेपालका लागि खुसीको कुरा रहेको बताउँदै नेपाल पर्यटन बोर्डका सञ्चार संयोजक शरद प्रधानले भन्नुभयो ‘यसबाट नेपालमा थप पर्यटक भित्र्याउन सहयोग पुग्ने छ ।’ विदेशीका लागि निषेधित भएपनि सन् १९९२ बाट उपल्लो मुस्ताङमा निश्चित पर्यटक संख्यालाई प्रतिव्यक्ति सात सय डलर शुल्य लिएर १० दिनका लागि पदयात्रा गर्न दिन थालिएको थियो । सरकारको नीति अनुसार पछिल्ला बर्षहरुमा १० दिनका लागि प्रतिव्यक्ति पाँचसय डलर शुल्क लिएर धेरै पर्यटकलाई भ्रमण गर्न दिन थालिएको छ ।

You Might Also Like This

 

Pages