विश्व रेकर्ड राख्ने व्यक्तिलाई सघाउन सुरुङमा आगो लगाउँदै गर्दा जलेर
मरेका दुई जना युवकलाई सहिद घोषणा गर्ने सहमति भएको छ।
सहिदको नामसँगै उनीहरुको परिवारलाई १०-१० लाख रुपियाँ दिइने छ। आगोले जलेका भरतसिंह थापाको गएराति मृत्यु भएपछि आज मृतकको शव जिल्ला प्रशासन
कार्यालय अगाडि राखेर धर्ना दिइएपछि सहमतिका लागि वार्ता भएको थियो।