Thursday, 20 December 2012

मोटरसाइकल सहित पोखरीमा डुबेर मृत्यु


काठमाडौ,बाराको कचोर्वा गाविस ३ स्थित एक पोखरीमा बुधबार बिहान एक
युवक मोटरसाइकल सहित मृत अवस्थामा फेला परेका छन् ।
बारा भगवानपुर ८ निवासी ३० वर्षीय धिरेन्द्र साह तेली मृत
अवस्थामा फेला परेको बसवरिया प्रहरी चौकीका इनचार्ज बृजेश चौधरीले जनाएका छन् ।
मृतकको शव बा २६ प १०९७ नम्बरको मोटरसाइकल सहित
पोखरीमा फेला परेको उनले जनाएका छन् ।अत्याधिक मदिरा सेवनको कारण
उनी पोखरीमा डुबेर मरेको हुन सक्नेप्रहरीले अनुमान गरेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You Might Also Like This

 

Pages