Wednesday, 26 December 2012
अण्डाको बोक्राबाट बिचित्रका चित्र
अक्सर हामी अण्डा खाएपछि त्यसको बोक्रालाई फोहोरका रुपमा फदिदिन्छौं । तर, एक चिनियाँ कलाकारले यसमा अविश्वसनीय चित्र तथा मूर्तिहरु बनाएका छन् ।
चीनको सान्जि प्रान्तमा बस्ने कलाकार वेनले अण्डाको बोक्रा कुँदेर उत्कृष्ट मूर्तिहरु बनाएका छन् ।
झण्डै १० वर्षदेखि अभ्यास गर्दै आएका वेनले विजुलीबाट चल्ने रोटरी टुलको मद्दतमा अण्डाको बोक्रामा विभिन्न मूर्ति बनाएका हुन् ।
उनी एक हातले अण्डाको बोक्रा समाउँछन् र अर्को हालले टुल प्रयोग गरेर मिहिन ढंगले चित्रहरु कोर्छन् ।
पहिले काष्ठकलामा संलग्न वेनले आफ्नो कौशल प्रयोग गरि खेर गइरहेका कुखुरा र हाँसका अण्डाको बोक्रामा अनौठा चित्र तयार पारिरहेका छन् । अण्डाको बोक्राजस्तो कच्चा वस्तुमा यस्ता कठिन चित्र बनाउन चानचुने मेहेनत र धैर्यताले पुग्दैन् ।