Monday, 31 December 2012

तपाँइ काठमाडौंमै केबुलकार चढ्न तयार हुनुहुन्छ ?

काठमाडौं, पुस १६ (नागरिक) - थानकोटदेखि चन्द्रागिरिसम्म केबुलकार र होटेल स्थापनाको लागत दुई अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ। भारतको महिन्द्रा कन्सल्टिङ सर्भिसले गरेको विस्तृत सम्भाव्यता अध्ययनबाट दुई अर्ब रुपैयाँ लाग्ने देखिएको हो। काठमाडौं फन पार्कले केबुलकार सञ्चालनको जिम्मा पाएको छ। 'हाम्रो विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ। केबुलकार र होटेल लगायतका संरचना स्थापनाको लागि दुई अर्ब रुपैयाँ लाग्ने देखिएको छ,' कम्पनीका संस्थापक अम्बिकाप्रसाद पौडेलले भने, 'अहिले डिजाइनिङ भइरहेको छ।' थानकोट त्रिभुवनपार्कदेखि चन्द्रागिरिसम्म २ किलोमिटर ४ मिटरको आयोजना दुई वर्षभित्रै सक्ने लक्ष्य कम्पनीले राखेको छ। यो परियोजनामा आइएमई ग्रुप, भाटभटेनी ग्रुप, उत्तम नेपाल, इलाइट क्यापिटलका अध्यक्ष ज्ञानबहादुर जिसी, हाथवे इन्भेस्टमेन्ट नेपालका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल संस्थापक हुनेछन्। संस्थापकको ६० प्रतिशत सेयर लगानी र ४० प्रतिशत बैक तथा वित्तीय संस्थाको लगानी हुनेछ। 'वातावरणीय प्रभाव मूल्यांकनको सबै काम सकिइसकेको छ। अहिले हामीले कुन प्रविधि अनुसार केबुलकार सञ्चालनमा ल्याउने भनेर विभिन्न मुलुकको भ्रमण गरिरहेका छौ,' उनले भने, 'केबुलकारको उत्कृष्ट प्रविधि ल्याएर सञ्चालनमा ल्याउनेछौ।' आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले दुई वर्षभित्रमै केबुलकार सञ्चालनमा आउने जानकारी दिए। 'हामीले कानुनी काम सकिइसकेका छौ। अब परियोजना निर्माणलाई अघि बढाउँछौ,' उनले भने, ' २०७१ सालको दसैंमा केबुलकार उद्घाटन हुनेछ।' उनले केबुलकार सञ्चालनका लागि आवश्यक जग्गा र वातावरणीय प्रभाव मूल्यांकनका लागि धेरै कठिनाई भोग्नुपरेको बताए।
'हामीले केबुलकारको लागि आवश्यक पर्ने जग्गा दुई वर्षअघिनै किनेका थियौ। वातावरणीय प्रभाव मूल्यांकन(इआइए) एक वर्षभित्रै गर्न सफल भयौ,' ढकालले भने , 'एक वर्षभित्रै इआइए गर्न धेरै कठिन थियो। तर हाम्रो कठिन परिश्रमले सफलता पायो।' थानकोटस्थित त्रिभुवनपार्क नजिकैबाट चन्द्रागिरिको इच्छापुरेश्वर महादेव मन्दिरसम्म केबुलकार पुग्नेछ। केबुलकार बाहेक चन्द्रागिरीमा पार्क र होटेल हुनेछ। त्यही स्थानमा धार्मिक पर्यटकको लागि मन्दिर समेत निर्माण गरिनेछ। योजनाअनुसार केबुलकारको तल्लो स्टेसनमा मनोरञ्जन पार्क, चन्द्रागिरिमा अत्याधुनिक प्रविधिको रिसोर्ट र भ्युटावर पनि बन्नेछ। संस्थापक पौडेलका अनुसार प्रारम्भिक चरणमा ५० कोठे रिसोर्टमा सबैखालका सुविधा उपलब्ध हुनेछ। १० देखि १२ वटा कटेज र दुई सयजनासम्म अट्ने सेमिनार हल बनाइनेछ। चन्द्रागिरि काठमाडौं उपत्यकाकै अग्लो डाँडो भएकाले त्यहाँ बन्ने भ्युटावरबाट पर्यटक आकर्षित हुनेछन्। 'हामीले यो स्थललाई मलेसियाको जेन्टिङ हाइल्यान्डको रुपमा विकास गर्दछौ,' पौडेलले भने, 'यो नेपालकै सबैभन्दा राम्रो घुम्ने स्थानको रुपमा ल्याउने प्रयास गर्नेछौ।' कम्पनीले केबुलकार स्टेसनका लागि ८० रोपनी जग्गा समेत किनिसकेको छ। केबुलकार सामुदायिक वन क्षेत्रको ७ सय २० रोपनी क्षेत्रफलमा पर्छ। कम्पनीले ८० वर्षका लागि लिजमा वन क्षेत्र पाएको हो। 'हामीले वन क्षेत्रलाई अझ संरक्षण गर्दै पूर्वाधार निर्माण गर्नेछौ,' पौडेलले भने, 'परियोजना स्थललाई हरियाली बनाउने हाम्रो पहिलो दायित्व हुने

You Might Also Like This

 

Pages