Saturday, 29 December 2012

दिल्लीमा सामुहिक बलात्कारमा परेकी किशोरीको मृत्यु:-

दिल्लीमा सामुहिक बलात्कारमा परेकी २३ वर्षीया किशोरीको उपचारका क्रममा मृत्यु भएको छ । थप उपचारका लागि बिहीबार सिंगापुर लगिएकोमा उनको नेपाली समयअनुसार शनिवार बिहान २:३० बजे चिकित्सकहरुले मृत घोषित गरेका छन् । उनलाई लागेको चोटका कारण मृत्यु हुन पुगेको अस्पतालले जनाएको छ । माउन्ट एलिजावेथ हस्पिटलमा ८ जना विशेषज्ञको टोलीले बिरामीको अवस्था स्थिर राख्न निरन्तर प्रयास गरेका थिए । तर मुटुमा समस्या देखिएको, फोक्सो र पेटमा संक्रमण देखिएको र दिमागमा चोट लागेका कारण दुई दिन सम्म युवतीको स्वास्थ्यमा कुनै सुधार नआएको चिकित्सकहरुले बताएका छन् । डिसेम्बर १६ तारिखमा भारतको दिल्लीमा गुडिरहेको बसमा ती युवतीको सामुहिक बलात्कार र कुटपीट भएको थियो । भारतका प्रधानमन्त्री मनमोहन सिंहले उनको निधनप्रति दुख प्रकट गर्दै दोषीलाई कडाभन्दा कडा सजाँय हुने बताउनुभएको छ । बलात्कार पीडितको ज्यान गएको सार्वजनिक भए लगत्तै भारतका विभिन्न ठाउँमा प्रदर्शन शुरु भएको छ । दिल्ली प्रहरीले दोषीमाथि कडा कारवाही हुने भन्दै संयम राख्न अपिल गरेको छ ।

You Might Also Like This

 

Pages