Sunday, 30 December 2012
जोडी बन्दै महानायक राजेश र गायिका कोमल ओली
वास्तविक जीवनमा महानायक राजेश हमाल र गायिका कोमल ओलीले विवाह गर्ने प्रसंग बेला बेलामा नआएका होइन ।
रियल लाइफमा जोडी हुन नसकेका राजेश र कोमल रिल लाईफमा भने जोडी हुने भएका छन् । चलचित्र 'राजनीति'मा सँगै देखिन लागेका कोमल र राजेशले एउटै घरबाट राजनीति गर्ने भएका छन् ।
राजनीतिको लागि कोमलले भने सर्तहरु अघि सारेकी छिन् । प्राय विदेश भ्रमणमा गइरहने कोमलले विदेश भ्रमणको बेला सुटिङ राख्न नपाईने, आफ्नो भूमिका ब्लन्डर हुनुपर्ने र पारिश्रमिक डिमान्ड गरे बमोजिम हुनुपर्ने जस्ता सर्तहरु अगाडि सारेकी छिन् ।
उता निर्माण पक्षले भने सिनेमा भित्र कोमलको विकल्पमा अन्य लेडी क्यारेक्टर हुन नसक्ने भन्दै उनको लागि जस्तो सुकै सर्त पनि कम्प्रमाइज गर्न तयार रहेको बताएका छन् । फिल्म राजनीतिलाई दिपक सुवेदी र दिपक कुमार भट्टराईले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।
सिनेमा राजनीति केही हप्ता भित्रै फ्लोरमा जाने बताइएको छ । यसको सुटिङ काडमाण्डौँ र विरगञ्जको विभिन्न स्थानहरुमा हुनेछ ।