Thursday, 20 December 2012

एक नेपाली, कुनैपनि अंग्रेजी शब्दलाई उल्टोगरि पढन सक्ने प्रतिभा(फोटो र भिडियो सहित )

संसारमा कति अनौठा, अपत्यारिला कुराहरु कहिले कसो सुन्न वा देख्न पाईन्छ । असाधारण प्रतिभा भएका मान्छे कहिले कसो यस धर्तिमा आउछन । यस्तै अलि अपत्यारिलो, सुन्दा विश्वाश गर्न हम्मे पर्ने अनौठो प्रतिभा गिनिज बुक अफ द वर्ड रेकर्ड्समा आफ्नो नाम लेखाउन प्रयासरत छन । अंग्रेजी शब्दको हिज्जेलाई उल्टोबाट अति सरल र सहज भन्न सक्ने क्षमता भएका प्रतिभालाई यहाँ उल्लेख गर्न खोजिएको हो । रुपन्देहीको देबदहमा १९८८ मा जन्मिएका साधारण परिवारका असाधारण प्रतिभा हुन कृष्ण पाण्डे । सानो उमेर देखि नै स्कुल स्तरिय देखि जिल्ला स्तरिय प्रतियोगितामा सहभागि हुँदै पुरस्कृत आएका कृष्णले उनका पिता प्राचार्य रहेको माहामाया भबानी उच्च मा बि बाट एस एल सि सकेर National Integrated College काठमाडौं बाट प्लस २ गरेका हुन । २००७ मा उच्च शिक्षाको लागि अमेरिका आएका यिनले इष्ट वेष्ट युनिभर्सिटी Chiacgo बाट Bachelor's Degree हासिल गरेका हुन। हाल Kansas City, Missouri मा बसोबास गर्दै आएका एक आइ. टी. कम्पनीमा बिश्लेशकको रुपमा कार्यरत छन । नघोकीकनै वा अभ्यास बिना नै यसरी पछाडि बाट हिज्जे पढन सक्नु भगवानको देन मान्छन उनी । हुन पनि फटाफट नरोक्कीकन सुल्टो सरह नै हिज्जे पढन सक्नु चानचुने कुरा होइन । तेसैले गिनिज बूकको “Person who spells/spelled the highest number of English words reversely” भन्ने बिधामा आफ्नो नाम लेखाउन कोशीस गर्दै छन । यस कामको थालनी Texas को Dallas मा भएको २०११ को ANA Convention बाट गरेका छन भने उनको यो अभियानलाई ANTV, Brtnepal.com, Nepalmother.com, Fun Asia Radio and Radio Yuva जस्ता मिडियाहरुले सहयोग पुराएका छन । नेपाली समुदायको सहयोग, हौसला पाएमा उन्को यो इच्छा अबस्य पुरा हुने कुरामा उनी ढुक्क छन । एक नेपाली प्रतिभालाई गिनिज बुकमा स्थान मिलोस, शुभकामना । शब्दलाई नहेरिकन या नघोकिन उल्टो मा spell गरेर सबै लाई चकित पारेका थिए ।

You Might Also Like This

 

Pages