Sunday, 16 December 2012

बिश्वको जनसङख्या भन्दा मोबाईल नम्बर धेरै


ईन्टरनेश्नल टेलिकम्युनिकेसन युनियनले जारी गरेको एक रिपोर्ट अनुसार जारी समयमा मोबाईल फोनको प्रयोगको गति यही रहेमा २०१४ सम्म बिश्वको जनसङख्या भन्दा मोबाईल नम्बर धेरै हुँने छ । आई टि यु को प्रोजेक्ट मेजरीङ द ईन्फमेशन सोसाईटी २०१२ का अनुसार अहिले पनि १०० भन्दा बढी देशमा जनसङख्या भन्दा बढी मोबाईल नम्बर को सङख्या रहेको छ । रीपोर्टमा अहिले मोबाईल नम्बर को सङख्या ६ अरब रहेको र २०१४ सम्म ७ दशमलब ३ अरब हुँने उल्लेख भएको छ । चीन अहिले १ अरब भन्दा बढी मोबाईल नम्बर हुँने देश रहेको छ ।
शिघ्रनै भारत मा पनि १ अरब भन्दा बढी मोबाईल नम्बर हुँने अनुमान गरिएको हो । रसियामा मोबाईल नम्बर को सङख्या २५ करोड रहेको छ र यो जनसङख्या को १ दशमलब ८ गुणा बढी रहेको हो । त्यसै ब्राजिल मा १ दशमलब २ गुणा बढी छ । ६ अरब मोबाईल नम्बर मध्य १ दशमलब ७ अबर मोबाईल ब्रोडब्याड रहेको छ र यो फिक्स ब्रोडब्याण्ड को तुलनामा दुई गुणा अधिक हो ।
रिपोर्टमा चाईना लाई स्मार्ट फोन को मुख्य बजार भनिएको छ र बिश्व को एक चौथाई ईन्टरनेट उपभोक्ता चाईना मै रहेको छ । यद्यपि रिपोर्ट अनुसार बिश्व को दुई तिहाई जनसङख्या अहिले पनि ईन्टरनेट प्रयोग बाट बाहिर रहेको हो ।

You Might Also Like This

 

Pages