Friday, 14 December 2012

तातो पानीले नुहाउनु कपालका लागि खराब

तातो पानीमा नुहाउन कसलाई पो मन लाग्दैन र? अझ यो जाडोको मौसममा चिसो पानीले नुहाउन त झनै गाह्रो हुने भएकाले तातो पानी नुहाउनका लागि अनिवार्य जस्तै हुन्छ। तातो पानीले नुहाउँदा सरीर फूर्ति पनि हुन्छ र दुखाइ कम भएको महसुस पनि हुन्छ। तर तातो पानीले नुहाउँदा कपाललाई भने नोक्सान हुने विज्ञहरु बताउँछन्।
कपाल विज्ञहरुका अनुसार तातो पानीले नुहाउँदा कपाल झर्ने तथा टुट्ने क्रम बढ्छ। तातो पानी रौँ का सबै छिद्रहरुमा छिर्छ र यसरी छिरेपछि कपालको जरालाई कमजोर बनाउँछ, जसका कारण कपाल र्झन पुग्न। कपाल केराटिन नामको प्रोटिनबाट बनेको हुन्छ। त्यसैले बढि तातो पानीले नुहाउँदा कपालको उक्त प्रोटिनमा असर पुग्छ र कपाल विकृत बन्छ। स्याम्पु लगाएर तातो पानीले कपाल नुहाउँदा अझ असर बढ्छ। तातो पानी र स्याम्पुको मेल कपालका लागि धेरै हानिकारक हुने बताइन्छ। यसो गर्दा कपाल झर्ने खतरा बढ्छ। हेयर कन्डिसनिङ पछि तातो पानीले नुहाउँदा कन्डिसनरको सबै प्रभाव समाप्त हुन्छ। त्यसैले सरीरको अरु भाग तातो पानीले नुहाए पनि कम्तीमा कपाल मात्र भएपनि चीसो पानीले नुहाउनुपर्ने विज्ञहरुको सुझाव छ।

You Might Also Like This

 

Pages