Monday, 24 December 2012
मापसे चेकमा समातिए अमेरिकी सांसद:-
अमेरिकाका एक सांसद मादक पदार्थ सेवन गरी गाडी चलाएवापत प्रहरी हिरासतमा पुगेका छन्। सिनेटर मिखेल डी क्रापोलाई प्रहरीले मापसे गरी गाडी चलाएको भन्दै वासिङ्टन डिसीमा पक्राउ गरेको हो।
रिपब्लिकन सिनेटर क्रापोले सडकमा बलेको रातो बत्तीमै बाटो पार गरेपछि प्रहरीले उनलाई पछ्याएको थियो। पछि परीक्षण गर्दा उनले मापसे गरेको खुल्यो। बिहान पौने १ बजे उनी समातिएको प्रहरी प्रवक्ता जोडे डनाल्डसनले जानकारी दिए। उनलाई त्यसपछि हिरासतमा लगियो। बिहान ५ बजे १ हजार डलर धरौटी राखेर उनी रिहा भए।
'यसमा अस्वीकार गर्नुपर्ने कुरै छैन,' डोनाल्डसनले भने, 'कुनै दुर्घटना र क्षति भएको छैन।'
'ट्राफिक प्रहरीले आफ्नो भूमिका मात्र निर्वाह गरेका हुन्,' उनले थपे।
प्रहरीका अनुसार क्रापो गाडीमा एक्लै थिए। उन
को रगत परीक्षण गर्दा 0.११ प्रतिशत अल्कोहल देखियो। 0.८ प्रतिशतमात्र अल्कोहल देखियो भने त्यहाँ मापासे गरेको मानिन्न।
क्रापोलाई नयाँ वर्षको ४ तारिकमा अदालतमा हाजिर हुन तोकिएको छ।
'जे भयो त्यसका लागि म गहिरोरुपमा माफी माग्छु,' साँझै वक्तव्य निकालेर क्रापोले भने, 'मैले गल्ती गरेको हुँ जसका लागि मेरो परिवारसँग मैले माफी माग्छु। मेरो चुनावी क्षेत्रका जनतासँग र मलाई विश्वास गर्ने सबैसँग म माफी माग्न चाहन्छु। घटनाको पूरै जिम्मेवारी लिन्छु र कानुनअनुसार तोकिने दण्ड भोग्न तयार छु। र, यस्तो घटना पुन नदोहराउने प्रतिवद्धतासमेत प्रकट गर्छु।'
उनी सन् १९९९ देखि केन्द्रीय राजनीतिमा सक्रिय छन्।
