Monday, 24 December 2012

स्कूलमा केरा ल्याउन प्रतिबन्ध


स्वास्थ्यको लागि धेरै प्रभावकरी मानीने केरा लाई लण्डन स्थित एक प्राइमरी स्कूलले बालबालिकाहरूलाइ लन्च वा ब्रेकफास्टमा केरा ल्याउन प्रतिबन्ध लगाएको छ । स्कूलले केरा ल्याउनका लागी बन्देज गर्नुको कारण पनि निकै अचम्म लाग्दो छ । स्कूलले आफ्नो एक टीचरलाइ केराका कारण एलर्जी भएकाले स्कूलमा केरा ल्याउननै बन्देज लागाइएको हो ।
हेलिफेक्स, वेस्ट यार्क्सको लिङ बब स्कूलले अभिभावकहरूलाइ बालबालिकाको लञ्च बक्समा केरा नल्याउनका लागी भनेको छ । ‘अर्जेन्ट वार्निङ’ को हेडिङका साथमा स्कूलले अविभावकहरूलाइ केरालाइ स्न्याक्सका रूपमा नदिनका लागी एक पत्र लेखेको छ । साथै स्कूलको क्यान्टिनको मेनूबाट पनि केरालाइ हटाइएको छ ।
पत्रमा स्पष्ट रूपमा भनिएको छ कि स्कूलका एक स्टाफलाइ केराले एलर्जी भएको छ । केराको सम्पर्कमा आएपछि स्कूलकी महिला स्टाफ गम्भीर एनाफिलेक्टिक रियाक्शनको शिकार भएकी थिइन् । जसका कारण उनको मृत्यु पनि हुन सक्ने भनिएको छ ।
स्कूलले पत्रमा यो प्रतिबन्ध मात्र यस महिला स्टाफको ज्यान बचाउनका लागी स्कूल परिसरमा मात्र लागु गरिएको छ । घरमा केरा खानमा कुनै मनाही गरिएको छैन भनिएको छ ।
यो प्रतिबन्ध स्कूलको जूनियर, शिशु र नर्सरीको बालबालिकाहरूलाइ मात्र लागु गरिएको स्कूलले बताएको छ ।

You Might Also Like This

 

Pages