Wednesday, 26 December 2012

म र मेरो पेशालाई बुझ्ने आए फेरि बिहे गर्छु;-

भिजे तथा मोडल सिम्पल खनालले निर्देशक प्रशन्न पौडेलसँग प्रेम पश्चात नै विवाह गरेकी थिइन् । पछिल्लो समयमा मोडलिङमा निकै रुचाइएकी सिम्पल र पौडेलले आपसी समझदारीमा नै वैवाहिक सम्बन्धमा व्रेक लगाएका छन् । स्कुले जीवन देखि नै धेरै केटाहरुले आफूलाई मरिहत्ते गरेपनि कसैको माया जालमा नपरेकी सिम्पलले प्रशन्न नै पहिलो प्रेम भएको बताएकी छिन् ।
आफ्नो परिवारमा प्रेम गर्ने अनुमती नभएकोले स्कुल जीवनमा कसैको प्रेम प्रस्ताव स्वीकार नगरेकी सिम्पलले कलेज जीवनमा भने पढाई विग्रन्छ भन्ने भ्रममा परेर कसैसँग प्रेम नगरेको बताएकी छिन् । ब्याचलर पढाईको लागि काडमाण्डौँ आएसँग मोडलिङमा रमाउन थालेकी सिम्पलले यही सिलसिलामा नै प्रशन्नसँग माया बसेको र सँगै जीउने वाचाका साथ उनीसँगै विहे गरेकी थिइन् । तर उनको त्यो वाचा केवल वाचामा नै सिमित भएको छ । प्रशन्नसँग अलग हुनुलाई भावीको खेल मान्ने सिम्पलले एक्लै जीवनलाई अगाडि बढाउन नसक्ने बताएकी छिन् । आफूलाई र आफ्नो पेशालाई बुझ्ने कोही आउँछ भन्ने पर्खाइमा सिम्पल रहेकी छिन् ।

You Might Also Like This

 

Pages