Sunday, 30 December 2012

मैनालीद्वारा ७ लाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति माग


एक महिलाको हत्याको आरोपमा १५ वर्ष जापानको कारागारमा कैद भुक्तान गरेका इलामका गोविन्द मैनालीले सातलाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउन जापान सरकारसमक्ष आग्रह गरेका छन्। मैनालीलाई त्यहाँको उच्च अदालतले निर्दोष रहेको आदेश जारी गर्दै हालै जेलमुक्त गरेको थियो।

 अदालतको आदेशपछि उनी हाल नेपालमा बसोवास गर्दै आएका छन्।
निर्दोष भएर पनि अनाहकमा जेलमा रहनु परेको भन्दै सो अवधिको हानि-नोक्सानीसम्बन्धी अर्को मागदाबी गर्ने तयारी गरिरहेको पनि एएफपीले जनाएको छ। - रासस

You Might Also Like This

 

Pages