Tuesday, 18 December 2012

छ महिनाअघि बिहे गरेका जोडी झुण्डिएर मरेको अवस्थामा


उदयपुर, पुस ३ - यहाँको एक दम्पती मंगलबार बिहान मृत अवस्थामा फेला परेको छ। नगरपालिका ११ लालपत्ताका शिवराज तामाङ र पत्नी आकृति घरनजिकैको रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
सोमबार साँझै घाँस काट्न भनेर घरबाट निस्केका उनीहरु घर नजिकको देउराली डाँडाको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरी चौकी लालपत्तालाई उद्धृत गर्दै जिल्ला प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताए। शिवराज रुखमा बाँधिएको डोरी चुँडिएर भुईमा झरेको अवस्थामा र आकृती रुखमै झुण्डिएको अवस्थामा मृत फेला परेको हो।
शिवराज र आकृतिको छ महिनाअघि मात्र विहे भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। पहाडी गाविस नामेटार १ भालेबास माइती भएकी आकृति दीर्घरोगी भएको बताइएको छ। दुवैले आत्महत्या गर्नुको कारण खुल्न नसकेपनि पत्नी दीर्घरोगी भएको र उपचार गर्ने आर्थिक अवस्था कमजोर भएकाले हिनताबोधले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान स्थानीयले गरेका छन्।
यथार्थ कारण भने लाशको पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। दुवैको शव जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टम गरी परिवारलाई बुझाइसकिएको पौडेलले बताए।
प्रतिक्रियाहरू (0)

You Might Also Like This

 

Pages