Tuesday, 18 December 2012

एटिएम गर्ल जियालाई नायक भुवनले विवाह गर्ने:-


नायक भुवन केसी बेला बखत केटीकै मामिलाका कारण चर्चामा आउने गरेका छन् । दुई वटा श्रीमती बनाएर पनि एक्लो बनेका नायक केसी केही समय अगाडी बुटिक सञ्चालक सर्मिला डंगोलसँगको हिमचिमका कारण चर्चामा आएका थिए ।
 यो काण्ड सेलाउन नपाउँदै अहिले नायक केसी नायिका जिया केसीसँग नजिक भएको खबर सार्वजनिक भएको छ । फिल्म ए.टी.एम.मा अभिनय गरेर विवाद तथा आलोचना खेपिरहेकी जिया र नायक केसीबीचको हिमचिमले बजार तातिरहेको छ ।
 एटिएमको सुटिङ सुरु भएदेखि नै भुवन उनलाई भेट्न सुटिङ सेटमै जाने गर्थे र जियालाई लिएर घुम्न निस्कने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भुवन र जिया आजभोली साँझ पर्न नपाउँदै विभिन्न क्याफेहरुमा देखिने गरेका छन् । सुटिङसेटबाट सुरु भएको उनीहरुको अफेयर दरबारमार्गस्थित गजल घरसम्म पुगेको छ ।
 अश्लिल सिनेमामा मात्रै काम गरेर आलोचित भइरहेकी जियालाई भुवनले विवाहनै गर्न चाहेको पनि बताइएको छ । चाँडै नै जियालाई वेहुली बनाउन तयार रहेका भुवनको साथले के जियालाई सिनेमाको प्रस्ताव बढ्ने त होइन ?

You Might Also Like This

 

Pages