Tuesday, 25 December 2012
बदनाम हुदैछन् बिदेशमा नेपाली
“जब मानिसलाई पैसाको नशा लाग्छ तब उसले हरेक गलत र कानुनले प्रतिबन्ध लगाएको कार्यलाई पनि सहि देख्न थाल्छ र पैसाकै लागि जस्तोसुकै गैर कानुनी क्रियाकलापमा संलग्न हुन थाल्छ”
लामो समय देखि नेपालीहरूले बिदेशमा आफू स्वाभिमानी , लगनशिल र कर्तब्यनिस्ठ भएको परिचय दिंदै आएका छन् । नेपालीहरूको काम प्रतिको इमान्दारिता देखेर नै रोजगारदाता कम्पनीहरू नेपाली कामदार रोज्ने गर्दछन । तर आजकल केही नेपालीहरू भने ठगी काण्ड र गैर कानुनी काम गरेर बिदेशमा नेपाल र नेपालीहरूको छबी धमिल्याउने कार्यमा सक्रिय भएका छन् । बिभिन्न देशहरुमा यस्ता उदाहरणहरू हमिले देखिसकेका छौं । जब मानिसलाई पैसाको नशा लाग्छ तब उसले हरेक गलत र कानुनले प्रतिबन्ध लगाएको कार्यलाई पनि सहि देख्न थाल्छ र पैसाकै लागि जस्तोसुकै गैर कानुनी क्रियाकलापमा संलग्न हुन थाल्छ । त्यस्तै भएको छ युएइमा पनि । यहाँ आबुधाबी प्रहरी ( सुरक्षा ) मा कार्यरत एक नेपाली बिभिन्न ठगी तथा गैर कानुनी काम गरेकोले अहिले दुबइको सेन्टर जेलमा थुनामा रहेका छन् ।
हेटौंडा -४ , मक्वानपुर स्थाई घर भई बिगत १३ बर्ष देखि युएइको आबुधाबी प्रहरी ( सुरक्षा )मा कार्यरत सुनकुमार मानन्धरको ठुलो ठगी काण्ड सार्वजनिक भएको छ । उनी बिगत् लामो समय देखि बिभिन्न गिरोह मार्फत नेपाल बाट ठुलो रकम असुली युएइका बिभिन्न कम्पनीहरुमा नेपाली युबाहरू उपलब्ध गराउने कार्यमा सक्रिय थिए । केही बर्ष पहिला देखि आबुधाबी सरकारले धेरै जस्तो कम्पनीहरूमा नयाँ कामदारको भिसा निकाल्नको लागि कम्तिमा एस एल सी उतिर्ण भएको शैक्षिक प्रमाण पत्र अनिवार्य गरेको थियो । त्यस पस्चात नक्कली शैक्षिक प्रमाण पत्रको बिग बिगी भएकोले यहाँ स्थित नेपाली दुतावासले त्यस्ता नक्कली शैक्षिक प्रमाण पत्रमा कडाइ गरि सयौंको संख्यामा त्यस्ता प्रमाण पत्रहरू जफत गरि नेपाल फिर्ता समेत पठाएको थियो । त्यसैको मौका छोपी सुनकुमारले नेपालको पररास्ट्र मन्त्रालय र आबुधाबीको नेपाली दुतावासको नक्कली छाप बनाई अनगिन्ती नक्कली शैक्षिक प्रमाण पत्रहरू लाई सक्कली भएको प्रमाणित गरेर ठुलो रकम असुल्दै आएको खुलेको छ । त्यति मात्रै होईन सुनकुमारले आबुधाबी सरकारको पररास्ट्र बिभागको समेत नक्कली छाप प्रयोग गर्ने गरेको सुन्नमा आएको छ । यसरी किर्ते गरि गैर कानुनी काम गरेको अभियोगमा उनलाई केही समय पहिला नै दुबइ प्रहरीले पक्राउ गरि आबस्यक अनुसन्धानका लागि जेल चलान गरेको थियो । उनी अहिले सम्म पनि दुबइको सेन्टर जेलमा रहेका छन् ।
दशै मनाउन भनेर छुट्टी जाने क्रममा मिती २० अक्टोबर २०१२ का दिन श्रीमती सहित दुबइको अन्तरास्ट्रिय बिमान स्थलबाट दुबइ प्रहरीले उनलाई पक्राउ गरेको थियो । केही समयको अनुसन्धान पस्चात उनकी श्रीमतीलाई दुबइ प्रहरीले रिहा गरेको थियो भने सुनकुमारलाई भने जेल चलान गरेको थियो । बिस्वसनिय श्रोतका अनुसार उनको कम्पनीले उनलाई जागिरबाट निकाली सकेको जनाएको छ । केही जानकारहरुका अनुसार उनलाई दुबइ प्रहरीले केही समय पस्चात डिपोर्ट गर्ने सम्भाबना छ तर यो भने अझै पुस्टी भई सकेको छैन । यहाँको सामान्य नियम अनुसार युएइ बाट यसरी गैर कानुनी काम गरेर प्रहरीले डिपोर्ट गरेको ब्यक्ति फेरि उसको जिन्दगिभर युएइ टेक्न पाउने छैन । सुनकुमारको ठगी काण्ड सम्बन्धी नेपाली दुतावास आबुधाबिमा केही समय अगाडी उजुरी समेत परेको बुझिनमा आएको छ । तर यसबारे थप विवरण प्राप्त हुन अझै बाँकी छ ।
कम्पनिमा सुनकुमार संगै काम गर्ने नेपालीहरू समेत उनको व्यबहार बाट सन्तुस्ट थिएनन । पैसालाई मात्रै महत्व दिने र साथि भाइहरू सँग रुखो व्यबहार गर्ने उनका शैलिका कारण उनीसँग कोहि खुशी थिएनन ।