पौष ४ । बेलायतको एक टेलिभिजन कलाकारलाई १५ वर्षीया किशोरीको साथमा बलात्कार गरेको मामिलामा दोषी ठहयाइएको छ । तर, कलाकारको भनाई भने गज्जबको छ । उनी भन्छन्, उनलाई निन्द्रामा हिड्ने बिमारी छ र
निन्द्रामा नै किशोरीसँग यौन सम्बन्ध स्थापित भयो । समाचारपत्र ‘द सन’का अनुसार सिमोन मेरिस नामक ती कलाकारले किशोरीमाथी हमला गरेको विषयमा आफूलाई केही कुरा याद नभएको दाबी गरेका छन् । न्यायालयका व्यक्तिहरुले भने कलाकारको उक्त दाबीलाई अस्वीकार गर्दै उक्त घटनामा दोषी ठहयाएको जनाएको छ । उनलाई गतवर्ष न्यूपोर्टस्थित एक घरमा एक किशोरीका साथमा बलात्कार गरेको आरोपमा दोषी ठहयाइएको जनाएको छ