Saturday, 15 December 2012

भारतीयद्वारा नेपाली 'गाउँ' बिक्री

भारतको मधुबनी जिल्ला ग्रामपञ्चायत बेला-३ का गुलजार पमरियाले सिरहा जिल्लाका राजमार्ग वरिपरिका गाउँ भाइ मञ्जुरलाई ५० हजारमा बिक्री गरका छन् । प्राचीन मिथिलाञ्चल क्षेत्रमा छोरा जन्मिएको घरमा नाचगान गरेर दान लिने पुख्र्यौली पेशा भएका गुलजारले गाउ कमाउन नसकेपछि भाई बिक्री गरेका हुन् । उनीजस्तै महेन्द्र पमरियाले पनि आफूपनि 'गाउँ' कमाउन नसक्ने भएकोले बिक्री गर्ने योजना बनाएको बताए । गाउँमा धनी मानिसहरु बढी भएकाले उनले एकलाख घटी बिक्री नगर्ने भएका छन् । धेरै बर्ष पहिलेदेखि नै छोरा जन्मिएको घरमा नाचगान गरी दान लिने परम्परा अंगाल्दै आएका उनीहरु आफूले नाचगान गर्ने गाउँमा अरुलाई नाचगान गर्ने अनुमति दिंदा रकम लिने गर्छन् । उनीहरुको भाषामा यसलाई 'गाउँ बिक्री' भनिन्छ । उनीहरु आफ्नै जातकालाई मात्रै गाउँ बिक्री गर्छन् । आफूहरु अरुको गाउँमा दख्खल गर्न नजाने महेन्द्रले बताए । 'गए ठूलो झगडा हुन्छ', उनले भने । उनीहरु भारतीय भएपनि पुर्खौंदेखि नेपालका मिथिला क्षेत्रका गाउँहरुमा नाचगान गरेर आय आर्जन गर्दै आएका छन् ।
बेलामा सय घरको बस्ती रहेको पमरीया जातीले पूर्वमा बलान नदीदेखि पश्चिममा महोत्तरी जिल्लासम्म आआफ्नो गाउँ भाग लगाएका छन् । आफूले पाएको गाउँको कसेको घरमा छोरा जन्मिए उनीहरु नाचगान गर्न पुगिहाल्छन् । अनि, परिवारले नगद, खाद्यान्न, लत्ताकपडा उपहार नदिएसम्म छोरा खेलाइरहन्छन् । छोरी जन्मिएको घरमा भने उनीहर नाचगान गर्न जाँदैनन् । अयोध्याका राजा दशरथको घरमा राम, लक्ष्मण, भरत र सत्रुध्न जन्म लिएपछि खुशियाली तथा बधाई उत्सव मनाउन बोलाएका पमरियाहरुलाई हिरामोती, सुनलगायतका बहुमूल्य सामग्री उपहार दिएदेखि यस्तो चलन सुरु भएको सिरहा क्याम्पसका इतिहास विषयका प्राध्यापक चन्देश्वर यादवले बताए । पमरिया नाच र गीत मिथिला क्षेत्रको लोककला संस्कृतिको रुपमा रहेको प्राध्यापक यादवले भने । उनले यो संस्कृति अहिले लोप हुने अबस्थामा रहेकोले यसको संरक्षण गर्नुपर्ने आवश्यकता

You Might Also Like This

 

Pages