यस्तो पनि जीवन हुने रहेछ
मेरो नाम जगत राना मगर हो मेरो घर लम्जुङ मा पर्छ हाल म ईंडिया मा छु मेरो एउटा घरबेबाहारले चिन्तित छु ! आजा भन्दा 8 बर्ष अगाडि मैले बिहे गरेको हु आजा आएर म धेरै दुखि र चिन्तित छु किनकी मा जब आफ्नो परिवारको लागि भनेर 2008 /8/13 तारिक बिदेसिए ! म तेहि बिदेस मा काम गर्दै आएको थिए किन लामो कुरा गरो लेख्न त मलाई धेरै थियो तर म छोट कारीमा लेख्दै छु मैले जति बिदेश मा कमाएको पैसा श्रिमतिको नाउँ मा पठाउँने गरे मेरो ससुरालि तारुघाट 1 माझिगाउँ पर्छ मेरो श्रिमतिको नाउँ बिपना थापा मगर हो हालै कमाएको पैसा बाबुको नाउँमा नपठाई उस्को मा हाले मेरो रिन भने धेरै थिएन मैले 2 बर्ष कमाई गरेको पुरै श्रिमतिको नाउँ मा हो! मेरो घर आउँने समय भयो मेले सोधेको दिएकी श्रिमतिलाई हाम्रो रिण छ कि छै न भनेर तर भन्दै थियो कि पैसा कोसैलाई तिर्नु छैन ! तेसो भने पछि नेपाल आउने निदो गरे म बिरामी पनि थिए म 2010/08/13 तारिक मा नेपाल आए ! श्रिमति मलाई थाहा नदिई काठमाण्डु आएछ मैले कल गर्दा लागेन सुसुरालिमा कल गरेर नं मगे पैलाको नं पनि चेन्ज गयैछ अनि हामि गंगबु मा भेटिएउ सगै आफ्नो घर जाने निदो भयो सगै घर गयौ म जब घर पुगे पछी म घर मा आयो भनेर गाउलेलाई बाकीछ थाहा भयो भोलि पल्ट हुन पाको छैन मेरो घर मा गाईले सबै आउँन थाले म खुसिले रमाए तर ईनिहरु पैसा माग्न आएका रहेछन ! तेसै गर्दै दिन बिद्दै गयो मेरो रिण भनेको उल्टो एक लाख पच्चिस हजार रहेछ तर मैले केहि भन्न सकिन म तिर्छु भन्दै आ आफ्नो घर मा पाठाई दिए ! 3 दिन पछि मैले आफैले बिदेस बाट आफ्नै नाउँ मा 30 हजर हालेर आएको थिए त्यो पैसा बैक बाट ल्याए तर त्यो पैसा मैले थाहा नपाई सारदा पन्त लाई दिएछ ! तेसै गरि दिन बिद्दै गयो बाबाले भन्नु भयो तेरो बुढि म संग झगडा गर्यो किन भन्दा गाउँको एउँटा केटालाई दिन रात घर म ल्याएर मासु रक्शि खुवाएर घरमै सुताउँथ्यो रे भनेर गाउँले ले पनि भने तर मैले बिस्वास गरिन कोसै ले भनेको सुने बोरडाडा मा केटा संग अङ्गलो मारेको मैले देखे अर्ले भनेको सून्थे बजार मा केटा संग हात समाएर हास्दै हिडेको को भन्छन दिन रात घर मा हुदैन भनेर मेरो कान म अनेकौ कुरा पर्यो मैले श्रिमतिलाई सोध्धा होईन भन्छ मैले अरुको कुरा सुनिना अनि केहि दिन घर बाट नेस्किदै राति आउँने गर्यो घर मा मेरो 1 छोरो पनि छ त्यो छोरालाई छाडेर दिन भर काहा जन्थ्यो मलाई थाहा भएन बाकि छ मैले एक दिन धम्काएर सोधे अनि मलाई भन्यो मैले एउँटा माईताकी केटिलाई 65 हजर दिएकि छु दिन्छु भनेको छ भन्यो तेसो भए लिएर आउँ भने तेसै गरि दिन बिद्दै गयो दिनौ घर बाट जने राति आउँने गर्यो म जन्छु भन्दा पर्दैन म आफै मागेर ल्याउँछु भनि गयो एक महिन भयो पैसा ल्यान एक दिन हामि दुबै गयौ त्यो दिन एहि हो भनेर ताला बन्दा गरेको घर देखायो अर्को दिन ग ए बन्दै थियो अनि मैले वारि परिको मेन्छेलाई सोधे यो घर को मान्छे खोई भनेर तर त्यो घर छाडेर ग एको 1 बर्ष भ एको रहेछ अनि त्यो केटि घर गाउँमा छ भनेर 6 घन्टा को बाटो हिडेर मलाई लग्यो श्रिमतिले तर भेटाउन सकिएन अनि हामि घर आयौ भोलि पल्टा पनि मेरो श्रिमति म तेसलाई जसरि भ ए पनि खोज्छु भन्दै लाग्यो त्यो दिन बेलुका घर आएन नआए माईता मा गएछ मलाई भन्यो कि तपाई याहा आउँनु भोलि बिहाना आईजा पैसा दिन्छरे भने पछि म तेई दिन राति राति सषुरालि गए त्यो दिन तै बसे बोलि पल्टा मैले बिहानै जाउ टाढा छ 9 बजे तेहा बोलाएको छ भने तर मेरो श्रिमति मानेन जति भन्दा पनि नमाने पछि मैले एस को जाल बुझिसके तेसो भए नजने भए तिमिलाई एहि घरको खामो मा बाध्दिन्छु भनेर रेला गरेर जेठी सासूको छोरालाई नाम्लो ल्याउ भने बाकि छ तर त्यो बाबुले नाम्लो ल्यायो मात्रा मैले नाम्लो समातेको थिए श्रिमतिको हजुर आमाले देख्यो त्यो देखेर मालाई नहुने आरोप लगायो तेतिकै मा झगडा मच्कियो म चुप चाप लागेर घर फर्के 2 दिन पछि म ससुरालि गए मेरो छोरो लिएर आए 5 दिन पछि गए मेरो जेठी भाउँजु र माईलि भाउँजु लिएर त्यो दिन कि घर मा जाउ कि सदाको दिन याहि बस भन्छु भनेर गए तर म तेहा नपुग्दै मलाई श्रिमतिको आमा भाई सबै हिर्काउन आयो मालाई मेरो दुईटा भाउँजुलाई साहित हसिया प्रहार गर्न खोज्यो तेतिकैमा झगडा मच्कियो म सिदा फर्किए अनि पुलिस पोष्ट मा गए एक रिपोट दिए भोलि पल्टा तेहा आईयो हामि दुई को कारबार धेरै थियो सासुले भन्यो म छोरी पठाउँदिन बरु खुट्टा भाचेर राख्छू भनि धम्कि दियो तर जौ सुकाईले जे भने पनि मैले मेरो श्रिमति सुईकार्ने पछे मा थिए तेसै गरि रिन पनि धेरै दियो पुलिसले कसरि मालायो यो हजुर को श्रिमति लाने भए हजुरको जति रिण छ त्यो सबै तपाईले तिर्नु फर्छ भन्यो ok म तिर्छु भने अनि हाम्यो एउँटा कागज गरेर छाड्यो मैले श्रिमतिलाइ केहि नभन्ने र कुट पिट गर्न नपाउँने र श्रिमतिलेचै आफ्नो श्रिमानको अनुमति बिना केहि गर्न नपाउने भनेर छाड़यो तेस पछि हामि सगै घर गयौ बाकी छ
घर मा गए पनि गाउँलेले अनेकौ कुरा गर्थे तर मैले केहि चासो गरिन तेसै गरि घरमा राम्रो संग बस भनेर श्रिमती र छोरालाई छाडेर छ ईंडिया लागे घर म बसेर कसरि तिर्ने रिण भनेर म ईंडिया पसे केहि दिन भयो तेस पछि श्रिमतिले फोन गरेर भन्यो म बिदेस जान्छु तर मैले भने नजाउ तर उस्ले मानेन मलाई थाहा नदिई बाबा सग 20 हजार मागेर पस्पोट बनाउन काठमाण्डु ग एछ तर मलाई थाहा थाएन मैले 2 दिन सम्मा फोन गरे तर उठाएन म रिसले याहा चुर भए ! तेसै गरि एहा बाटा मैले पुलिसलाई रिपोट गरे मेरो श्रिमतिलाई रोक्नुस भनेर तर पुलिसले रोक्यो र मलाई पुलिस को अगाडि फोन गर्यो मालाई भन्यो एदी म बिदेश जान पाउन भने मेरो सास त के मेरो लास पनि पाउँनु हुन्न भने पछि मैले केहि भन्न सकिन तर मैले पुलिसलाई भनेकि मेरो श्रिमतिले मैले भनेको मान्दैन भने पछि गएर पछुताउँन पाउदैन भने तेसै हाल म घर पुगे तर श्रिमति बिदेश गएको थाएन तर मलाई भन्यो म बिदेस जान्छु तर मैले रोके तेसै गरि पोर साल दशै मानेर म फेरि ईंडिया आए तर म आएको 20 दिन मा कुबेत पुगेछ त्यो कुरा सुन्दा मेरो मुटुले ठाउँ छाडेको थायो घर म 6 बर्षको छोरा छाडेर बिदेश लागेछ म के भनम त्यो बुडिको कुरात छाडौ छोराको बाकिछ
मायाले मेरो हरेक दिन रात नत निन्द्र तड्पि रहेको छु घरमा जाउँ रिन को थुप्प्रो छ अहिले बर्ष दिन बित्दै छ मालाई फोन गरेको छैन बिच मा एक पल्टा फोन गरेर मलाई भन्यो त कुकुर साले त भिखारी त तेरो सुर गरेर बस तेरो मत्लाब छैन म तेरो कोईपनि होईन मेरो जिबनको लागि मैले सुर गरे भनेर फोन गरे पछि मेरो आदि हउसो मोरिसकेको छ एत छोराको पिरले मोर्न लागेको छु अर्को तिर रिण ले हे भगुवान म के गरौ तेसै गरि आजा 7 महिन मा फोन गर्यो तैलेत बिहे गरिस रे तँ मेरो लागि मोरिस तेरो मेरो नाता छैन मालाई बिर्सिदिए म तेरो लागि जिन्दागि छैन त्यो छोरो मेरो हो तेरो भन्ने हक छैन तेरो छोरै हैन तेरो बिउँ हुदैहोईन मेरो आमा कसम मेरो बाउ कसम तेरो बिउँ हुदैहैन भन्दै मलाई आजा फोन गर्दा मेरो मुटुले ठाई छाडेको छ मैले बिहे गरेको आजा 8 बर्ष पुरा भयो यो कुरा सुन्दा मेरो मन र मुटुले ठाउँ छाडेको छ म याहा कस्तो अबस्था मा ज्यानको बाजि राखेर काम गर्नु परेको छ एस्तो कुरा सुन्दा त एहि मोरु झै लाग्छ एति म मोरे भने आफ्नै बुडिको कारणले मोर्ने छु तर म हरेस खाने छैन म पनि मान्छे हु एस्को अगाडि केहि गरेर देखाउँने छु बाकी छ तर मैले बिहे दर्ता पनि गरेको छु तेस्ले पास्पोट पनि बनाएको छ मैले यो कसरि रद्द गरौ अब मैले यो श्रिमतिको मुख अभस्य हेरेर हुदैन मैले के गर्ने जसरि हुन्छ यो बिपना लाई नेपाल झिकाउँने कोसिस गर्नेछु र मेरो र उस्को संबन्ध पक्कै छुटाउँनु पर्ने हुन्छ नत्रमैले अर्को बिहे गर्दा अफ्ठेरो पर्ला तर मलाई यो बुडिको आसा मारे हून्छ तर के गर्ने आफ्नो छोराको पिरले र म आफ्यो अबस्ताले म बाच्न गारो छ मैले के गर्नु पर्ला त एस्को लागि लेख्न त धेरै थियो तर के गर्ने यो कुराहरु पनि संझिन सक्दिन आजालाई एतिनै तर एस्को लागि म के गरम र कोसैको पनि एस्तो स्वास्नि नहोस भगुवान ? जगत राना मगर =श्रिमति बिपना राना मगर छोरो युकेश राना मगर