Friday, 14 December 2012

जस्टिन बिबरको हत्या गर्ने षड्यन्त्र असफल

न्युयोर्क, मंसिर २९ (एजेन्सी) - विश्वविख्यात किशोर गायक जस्टिन बिबरको हत्या गर्ने र नपुसंक बनाउने षड्यन्त्र असफल पारेको प्रहरीले बताएको छ। डाना मार्टिन नामका हत्याराले बिबरको दुवै अण्डकोष काट्नेलाई २५ सय डलर दिने बताउँदै उनको अपहरण गर्ने, नपुसंक पार्ने र हत्या गर्ने षड्यन्त्र रचेको बताइएको छ।
अदालतमा प्रस्तुत गरिएका कागजात अनुसार उनले यो कामका लागि अरु दुई जनालाई खटाएका थिए। गत नोभेम्बर २८ र २९ तारिखमा न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा भएको कन्सर्टका क्रममा आक्रमण गर्ने उनीहरुले योजना बनाएका थिए। मार्टिनले जेल वार्डेनलाई यो षड्यन्त्रको बारेमा बताएपछि योजना असफल हुन पुगेको थियो। प्रहरीले हत्याको षडयन्त्र रचेको आरोपमा ४१ वर्षीय मार्क स्टाके, उनका भतिजा टान्नेर रुआनेलाई पक्रेको छ।

You Might Also Like This

 

Pages