Monday, 24 December 2012

प्रहरीले एक महिना भित्रै पेट घटाउनुपर्ने:-


नेपाल प्रहरीमा रहेका मोटा र भुँडे प्रहरीका लागि दुःखको खबर छ । उनीहरुले एक महिनाभित्र तौल नघटाए आन्तरिक कारबाही खेप्नु पर्नेछ । माथिल्लो तहका धेरै प्रहरी अधिकृत मोटा र भुँडे छन् ।
भुँडे प्रहरी आफु अस्वस्थ मात्रै नहुने बरु संगठनका लागि समेत घाँडो बन्ने निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयले अनिवार्य तौल घटाउनुपर्ने अभियान सुरु गरेको छ । मोटा र भुँडे प्रहरी मानसिक रुपमा पनि कमजोर हुने र अपराधी समात्न तथा सुरक्षा व्यवस्था चुस्त बनाउन नसक्ने ठहर प्रधान कार्यालयको छ ।
‘सुरक्षा व्यवस्था चुस्त राख्न होस् या अपराधीको गिरफ्तारी गर्न मोटा र भद्दा प्रहरी अक्षम सावित भएका छन् । त्यसैले बलियो प्रहरी संगठन निर्माणका लागि शारीरिक रुपमा चुस्त प्रहरी अवको आवश्यकता हो,’ केही समय अघिसम्म प्रहरी प्रवक्ता रहेका डिआइजी विज्ञानराज शमाले भनेको खबर सौर्य दैनिकले छापेको छ । उनले नेपाल प्रहरीमा भद्दा र मोटा प्रहरीको अव काम नरहेको बताएका छन् ।

You Might Also Like This

 

Pages