Thursday, 3 January 2013
आमिरलाई विज्ञापन गर्ने अफर
टीभी रियालिटी शो 'सत्यमेव जयते' को अपार सफलतापछि बलिउड अभिनेता आमिर खान सामाजिक स्तरमा निकै सजक र सक्रिय भएका छन् ।
सत्यमेव जयते शो पछि देशभरको मानिसमा धेरै जागरुकता बढेको छ । यसैबीच आमिर स्वयंमले सामाजिक प्रतिबद्धतालाई राम्रोसँग निभाइरहेका छन् । जी न्यूजका अनसार आमिरले ठूलो रकममा विज्ञापन खेल्ने अफरलाई अस्वीकार गरिदिएका छन् ।
एक लक्जरी कार ब्रान्डले आमिरलाई विज्ञापन गर्ने अफर गरेपनि उनले अस्वीकार गर्नुको कारण थियो सामाजिक सन्देश नहुनु । आमिर केवल सामाजिक सरोकार वा सामाजिक सन्देशमूलक विज्ञापनमा मात्र काम गर्न चाहान्छन् ।
सत्यमेव जयते पछि आमिर केवल सामाजिक मुद्धासँग जोडिएका विज्ञापनमा काम गर्न चाहान्छन् । यो टीभी शो पनि आमिरले निकै सामाजिक काममा योगदान दिएका छन् ।