Friday, 4 January 2013

नेपाली सेनाका कर्णेल लामा बेलायतमा पक्राउ, सरकारद्वारा विरोध पत्र ( भिडियो सहित

काठमाडौँ, २० पुस । नेपाली सेनाको सुडानमा शान्ति स्थापना कार्यमा खटिएका महासेनानी कुमार लामा बेलायतमा पक्राउ परेको नेपाली सेनाले पुष्टि गरेको छ । महासेनानी लामा छुट्टी मनाउने क्रममा बेलायत पुगेको बताइएको छ ।नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले लामा पक्राउ परेको मौखिक र अनौपचारिक रुपमा जानकारी प्राप्त गरेको बताउनुभयो ।सो विषयमा विस्तृत जानकारी दिन लन्डनस्थित नेपाली राजदूतावासमा कार्यरत सैनिक सहचारी विश्वनाथ घिमिरेलाई जङ्गी अड्डाले निर्देशन दिइसकेको प्रवक्ता शर्माले बताउनृभयो ।नेपालमा विगतमा भएको सशस्त्रद्वन्द्वको समयमा युद्धबन्दीलाई यातना दिएको अभियोगमा त्यहाँको प्रहरीले लामालाई बिहीबार पक्राउ गरेको बताएको छ ।बेलायतको फौजदारी कानुनमा युद्धबन्दीलाई यातना दिने व्यक्तिलाई प्रक्राउ गर्नसक्ने व्यवस्था छ । लामा पक्राउ गरेको विषयमा नेपाल सरकाले आजै पत्रकारसम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ|

You Might Also Like This

 

Pages