Friday, 11 January 2013

गायिका अञ्जु पन्तले अव मादकपदार्थ सेवन नगर्ने

चर्चित गायिका अञ्जु पन्तलाई धेरै मदिरा पिउनु पर्ने आदत नै छ । बारम्बार मदिराकै कारण विवादमा तानिने गरेकी गायिका पन्तले अब भने मादकपदार्थ सेवन नगर्ने बताएकी छिन् ।
मदिरा पिउनै हुँदैन भन्ने मान्यतालाई भने अस्वीकार गर्दै आफु भने अब यसबाट टाढिएको अञ्जुले बताएकी छिन् । केही समयअघि देखि क्रिश्चियन धर्मलाई आत्मसाथ गरेकी अञ्जुले धरानका सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् । अधिकांश समय प्रभुको प्रसंसामा समय खर्चेकी अञ्जुले परमेश्वरको योजनाले नै धर्म परिवर्तन गरेको दाबी समेत गरिन् । क्रिश्चियन धर्ममा जस्तो आनन्द अन्त नभएको बताउने अञ्जु मनोजराजसँगको सम्बन्धविच्छेदपछि एक्लै बस्दै आएकी छिन् ।

You Might Also Like This

 

Pages