Thursday, 17 January 2013
मन्त्रीकै अगाडि गौतम बुद्ध भारतमा जन्मिएको ब्रोसर बाँडियो
लुम्बिनीमा मन्त्रीकै अगाडि गौतम बुद्ध भारतमा जन्मिएको ब्रोसर बाँडियो गौतम बुद्ध भारतमा जन्मिएको विवादास्पद विषयको चर्चा सेलाउँन नपाउँदै फेरी अर्को विवादास्पद उब्जिएको छ।
नेपाल भारत पर्यटनसम्बन्धी एक छलफलमा उपस्थित संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी उपस्थित कार्यक्रममै भारतीय पक्षले बुद्ध भारतमा जन्मिएको भन्ने उल्लेख गरिएको ब्रोसर वितरण गरेको छ ।
मन्त्री बोगटी र भारतीय राजदूत जयन्तप्रसाद सहभागी कार्यक्रममा भारतीय पक्षले बाँढेको ब्रोसरमा गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका पिता शुद्धोधनको दरबार कपिलवस्तुमा रहेको र कपिलवस्तु भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने विवादास्पद जानकारी उल्लेख गरिएको छ ।
लुम्बिनीमा दुई देशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी सहभागी कार्यक्रमा भारतीय पर्यटन बोर्डबाट प्रकाशन गरिएको उक्त ब्रोसर व्यापक रुपमा बाडिएको छ । भारतीय पक्षले वितरण गरेको यस्तो अनावश्यक प्रचारलाई नेपाल पर्यटन बोर्डका कर्मचारी र नेपाल सरकारका मन्त्रीले समेत मुकदर्शक बनेर मात्र हेरे तर कुनै प्रतिक्रिया जनाएनन् ।
दुई दिन चलेको कार्यक्रममा भारतीय पक्षले यस्तो विवादास्पद ब्रोसर वितरण गरेको हो । कार्यक्रम माघ २ र ३ गते चलेको थियो । भारतीय पक्षबाट यसरी एकतर्फ गलत प्रचार गरिरहेको अवस्थामा सरकार भने प्रतिक्रिया विहिन अवस्थामा रहेको छ ।