Tuesday, 22 January 2013
सत्तारुढ एमाओवादीबाटै चन्दा आतंक,
१० माघ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले महाधिवेशनका लागि भन्दै राजधानीका उद्योमी-व्यवसायीसँग न्युनतम ४ लाखा रुपैयाँ चन्दा मागेको छ । माघ २० गते हुने महाधिवेशनको लागि खर्च जुटाउन राजधानीका मझौला तथा ठूला व्यापारीसँग न्यूनतम ४ ला र त्यसभन्दा माथि आफ्नो इच्छाअनुसार भन्दै माओवादीले पत्र पठाएको छ । महाधिवेशनमा ७ करोड रुपैयाँ भन्दा बढी खर्च गर्ने पार्टीको तयारी छ ।
घरजग्गा कारोबार गर्दै आएका एक व्यापारीले आफुलाई एमाओवादीले महाधिवेशनमा सहयोग गर्न औपचारिक पत्र पठाएको बताए । ‘प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलको नामबाट पत्र आएको छ,’ उनले भने ‘पत्रमा रकम उल्लेख नभएपनि फोनमार्फत न्युनतम चार लाख रुपैयाँ दिन भनेर दवाव दिएका छन्,’ कारोबार दैनिकमा खबर छ । घरजग्गालगायतका हरेक खालका व्यवसायमा मन्दी छाएकाले चन्दा दिने अवस्था नरहेको उनले बताए ।
आशन्न महाधिवेशनमा ७ भन्दा बढी खर्च हुने पाटीको अनुमान छ । यही खर्च जुटाउन उसले राजधानीलगायत देशभरका ठूला तथा मझौला व्यापारीसँग सहयोग भन्दै औपचारिक रुपमा चन्दा पत्र पठाइरहेका छ । पार्टीले भने सहयोग स्वरुप चन्दा मागे पनि यति नै दिनुपर्छ भनेर जबर्जस्ती नगरेको दाबी गरेको छ ।