Friday, 11 January 2013

कसरी बुझ्ने केटीको ईशारा

यदि बारम्बार औँलाले केश चलाएः यसको अर्थ हुन्छ, उनी आफूप्रतिको सतर्कता चाहिन्छन् वा उनलाई आफूप्रति बढी लगावको चाहना छ। उनी आफूलाई मन पराउँछिन् र आफूले उनका बारेमा कुरा गरोस्, प्रशंसा गरोस् भन्ने चाहन्छिन्। यसो गरे उनको मनमा स्थायी रूपमा स्थान बनाउन सकिन्छ।कुुरा गर्दा बारम्बार घडी हेरेः यसले आफ्नो कुरामा उनको कुनै रुचि नभएको दर्साउँछ र उनी आफ्नो कुराबाट बोर भएको देखाउँछ। यसले उनी हतारमा रहेको र कतै पुग्नुपर्ने भएको पनि देखिन्छ। अतः आफ्नो कुरामा पूर्णविराम लगाएर उनलाई जान दिनु उचित हुन्छ।आँखा जुधाएर कुरा गर्छिन् भनेः यसको अर्थ उनी आफ्नो सम्बन्धलाई लिएर पूर्ण आश्वस्त हुनु हो। उनी कुराकानीका बेला आफूतिर हेर्दै र आफ्नो नजरलाई तल झुकाउँछिन् भने उनी आफूतर्फ आकषिर्त भएको र आफूबाट पनि त्यस्तै अपेक्षा गरेको बुझ्नुपर्छ।
कम्मरमा हात राखेर उभिएः यदि उनको दुवै हात कम्मरमा छ भने उनमा अधिकारको भावना भएको र उनले आफूलाई डोमिनेट गर्न चाहेको बुझिन्छ। यदि उनको एउटा मात्र हात कम्मरमा छ भने त्यसले आफ्नो ध्यान उनीतिर आकषिर्त गर्न खोजेको बुझ्नुपर्छ। यदि हात बाँधेर उभिएकी छिन् भने आफूमा उनको रुचि नभएको कुरा बुझ्नुपर्छ। बस्दा बारम्बार आसन परिवर्तन गरेः यदि त्यसो हो भने उनमा आत्मविश्वासको कमी भएको वा आफ्नो सामु उनलाई असहज महसुस भएको वा आफूसितको सम्बन्धका बारेमा दुविधामा रहेको बुझ्नुपर्छ।यदि आफ्नो कमीका सम्बन्धमा कुरा गर्छिन् भनेः यो अस्वस्थ सम्बन्धको संकेत हो, अतः सावधान रहनुपर्छ। सम्भवतः उनी आफ्नो कमीकमजोरी बताएर, आफूलाई होच्याउने प्रयास गर्दैछिन् वा स्वयंलाई सुपेरियर सावित गर्न खोज्दैछिन्।

You Might Also Like This

 

Pages