Thursday, 3 January 2013

घरमा आगलागीहुँदा १५ लाख वरावरको क्षति

संखुवासभा,पुष १९ । संखुवासभाको धुपु १ स्थित पुष्पलाल विश्वकर्माको घरमा आगलागी भएको छ । विहीवार विहान गोठवाट निस्किएको आगोले विश्वकर्माको २ तले घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीवाट फर्निचर, भाँडाकुँडा, लत्ताकपडा, नगद ५८ हजार रुपैयाँ, सुन, धान १३ मुरी, कोदो ७ मुरी लगायतका अन्न जलेर नष्ट भएको धुपु प्रहरी चौकीका ईन्चार्ज सोनम राजवंशीले जानकारी दिनुभयो । आगलागीवाट १५ लाख रुपैयाँ वरावरको क्षति भएको पीडित विश्वकर्माको भनाई छ ।

You Might Also Like This

 

Pages