Friday, 18 January 2013

स्व.पत्रकार डेकेन्द्र थापाको स्वरमा सजिएको गीत (भिडियोसहित)

जनयुद्दको समयमा आठ वर्षअघि माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको स्वरमा सजिएको एक भिडियो देउडा गित हालै यु-ट्युव मार्फत सार्वजनीक गरिएको छ । हत्या हुनु केहि समय अगाडी डेकेन्द्रको स्वरमा सजिएको गीतको भिडियो पत्रकार, बृतचित्र निर्माता तथा सम्पादक ध्रुव बस्नेतले यु-ट्युवमा राखेका हुन्। कर्णाली किनारमा बसेर गित गाईरहेको अवस्थाम उनले दैलेखी ढाका टोपी र इस्टकोट लगाएका छन् । देलेखि भाकामा गाइरहेको गितको भिडियो २ मिनेट २० सेकेण्ड लामो रहेको छ । पत्रकार बस्नेत सहितको टोलीले सन् २००३ मा घुम्ने क्रममा कर्णाली नदीको किनारमा डेकेन्द्रले गाएका गीतलाई क्यामरामा कैद गरेका थिए । पत्रकार डेकेन्द्र थापालाई माओवादी कार्यकर्ताले २०६१ साउन २७ गतेका दिन चरम यातना दिएर जिउँदै खाल्टोमा गाडेको रहस्य केही समय अघि मात्रै खुलेको थियो। यस घटनापछी प्रधानमन्त्री बाबुराम भट्टराई सरकारको चौतर्फी आलोचना भैरहेको छ।

You Might Also Like This

 

Pages