Sunday, 20 January 2013

नक्कली प्रधानमन्त्रीले झुक्याए दर्शकलाई

वास्तविक प्रधानमन्त्रीले देशका जनतालाई झुक्याइरहेका बेला नक्कली प्रधानमन्त्रीले भने दर्शकहरुलाई मनोरञ्जन दिएर पीडा भुलाईदिरहेका छन् । प्रसङ्ग हो चर्चित हास्य टेलिशृङखला मेरी बास्सैमा गाउँले प्रमुखको भूमिकामा प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नक्कल गर्दै आएका ज्योति काफ्लेको ।
हास्य कलाकार काफ्लेले गोरखा जिल्लाको आरुघाट महोत्सवमा गोरखा जिल्लामा हुन नसकेको कतिपय विकासका सन्दर्भलाई जोडेर क्यारिकेचर गर्दै दर्शकलाई राम्रोसँग मनोरञ्जन दिलाए । प्रधानमन्त्री भट्टराईकै भेषमा उपस्थित हुँदा दर्शकलाई पहिचान गर्न नै हम्मेहम्मे परेको थियो । ५ दिनसम्म चलेको प्रथम आरुघाट होत्सवमा मेरी बास्सैको अधिकांश कलाकारको उपस्थिती थियो । मेरी बास्सैका सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) लगायतको उपस्थिती थियो ।

You Might Also Like This

 

Pages