Monday, 21 January 2013

ट्राफिक कारवाहीको विरोधमा ट्याक्सी चालकको र्‍याली

उपत्यकामा आज ट्याक्सी चालकहरुले र्‍याली निकालेका छन् । ट्राफिक प्रहरीले कारवाही थालेपछि त्यसको विरोधमा ट्याक्सी चालकहरुले आज एकान्तकुनाबाट र्‍याली निकालेका हुन् । ट्याक्सी चालकले जथाभावी भाडा असुल्ने, मिटर नराख्ने गरेको गुनासा बढेपछि ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको थियो । गएको पुस २९ गतेदेखि प्रहरीले ट्याक्सी चालकलाई कारबाही अभियान चलाएको हो ।
ट्राफिक प्रहरीका अनुसार पहिलोपल्ट कारबाहीमा पर्ने चालकलाई सम्झाई बुझाई पठाउने र त्यसपछि भने कालोबजारी ऐन अन्तर्गत कारवाही गरिन्छ ।

You Might Also Like This

 

Pages