Saturday, 19 January 2013

त्रिसुली नदीमा बस खस्दा ४ जनाको मृत्यु ३० जना घाइते

काठमाडौं,माघ  । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस धादिङको घाटबेसीबाट त्रिसुली नदीमा खस्दा ३ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि काठमाडौ लैजाने क्रममा बाटामा ज्यान गएको छ । घटनामा ३० जना घाइते भएका छन् । बीरगञ्जबाट काठमाडौं तर्फ आउंदै गरेको ना ४ ख ६११७ नम्बरको बस आज विहान ४ बजे त्रिसुली नदीमा खसेको थियो । बसको छतमा धेरै आलु लादिएकाले मोडमा भार थाम्न नसकी अनियन्त्रित भएर बस खसेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनापछि नेपाली सेना र स्थानीयबासीले घाईतेहरुको उद्धार गरेका थिए । मृतकहरुको सनाखत हुन सकेको छैन । गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौं लगिएको छ । 

You Might Also Like This

 

Pages