Friday, 11 January 2013
आमाको माया गर्नेहरुले पढनु होला
कृपया आमाको माया गर्नेहरुले मात्र पढनु होला
मष्तिस्कमा भएको ब्रेन ट्युमरका कारण डाक्टरहरुले आमाको मृत्यु हुने कुरा घोषित गरिसकेका थिए । अब केहि क्षणमात्रै आमा हाम्रो माझ रहनेछिन भन्नेकुरा सबै ईष्टमित्र , आफन्त र स्वयं आमालाई पनि जानकारी थियो । तसर्थ सबैजना उनको वरीपरि रुवाबासी गर्दे घेरा हालेर बसिरहेका थिए। आमाको बोली (वाक्य) पुर्ण रुपले बसिसकेको थियो । उनको... बोली बन्द भैसकेको भएपनि उनका आँखाले पटक पटक सामुन्नेको दराजतिर ईशारा गरिरहेका थिए । दराजतिरै ईशारा गर्दागर्दे उनका आँखा हमेशाको लागि बन्द भए । त्याहाँ ठुलो कोलहाल र रुवावासी मच्चियो । भोलिपल्ट बातावरण केहि शान्त भैसकेको थियो । अनि आमाले ईशारा गरेको त्यो दराज खोलेर हेर्ने कौतुहलता उनको सानो छोरालाई भयो र उसले उक्त दराज खोलेर हेर्यो। उसले उक्त दराजभित्र एऊटा कागजमा बेरेर राखिएको केहि ट्याबलेट(औषधि ) थियो र उक्त औषधि बेरिएको कागजमा तिनै आमाले यस्तो लेखेकि थिईन "कान्छो बाबु तिमिलाई रुघाखोकि र चिसोले धेरै सताएको छ तसर्थ यहाँ केहि औषधिहरु छ त्यसलाई नियमित रुपले खानु अनि पानी पनि उमालेर खानु, अस्वस्थताका कारण मैले पानिचाही उमालेर राख्न सकिन ।आफ्नो ख्याल राख्नु।".................................MORAL- आफ्नो जिन्दगिको अन्तिम घडी चल्दैछ भन्ने कुराको ज्ञात हुदाहुदै पनि ति आमाले आफ्नो मृत्युलाई बिर्सेर आफ्नो ममता सन्तान माथि बर्साउदै थिईन ।.............WHAT IS THE LOVE??......I miss u so much my mum
कृपया चित्त बुझेमा आमाको नाम मा like & share गर्न नभुल्नु होला