Saturday, 19 January 2013

सुरुङ मार्ग बनेपछि २२ अर्बको पेट्रोलियम पदार्थ बच्ने

काठमाण्डौं । नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले राजधानी-हेटौंडा सुरुङमार्ग निर्माणभएपछि हरेक बर्ष २२ अर्ब रुपैयाँको पेट्रोलिय पदार्थ बचत हुने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ४६ औं साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष जोशीले वाषिर्क २२ अर्व रुपैयाँको पेट्रोलियम पदार्थको बचत हुँदा भारतसँग हाल भइरहेको व्यापार घाटामा २० प्रतिशत कमी आउने बताए ।
हेटौंडा नगरपालिका, जिल्ला विकास समिति मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, उद्योग संघ, मकवानपुर उद्योग वाणिज्य संघ जस्ता संस्थाहरु पूर्वाधार विकास कम्पनीको संस्थापक सदस्यहरु हरेको बताउँदै जोशीले कोरा सपना देख्न छाडेर काम सुरु गर्न जरुरी रहेको बताएको खबर अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

You Might Also Like This

 

Pages