Friday, 18 January 2013

भारतले नेपालको मन्त्रीकै अघि बुद्ध भारतमा जन्मिएको प्रचार

नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा भारतीय राजदूत जयन्तप्रसाद सहभागी कार्यक्रममा गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने पुष्तक तथा ब्रोसरहरु वितरण गरिएको छ । नेपाल–भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको एक कार्यक्रममा भारतीय पर्यटन बोर्डले उक्त भ्रामक कुरा उल्लेख गरिएको ब्रोसर वितरण गरेको छ । भारतीय पक्षबाट बुद्ध सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहँदा ब्रोसरमा लुम्बिनी बाहेकका बुद्धसँग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै राखिएको थिएन ।उनीहरुले वितरण गरेको ब्रोसरमा लुम्बिनी समेत नेपालमा पर्दछ भनेर लेखिएको छैन । उनीहरुको बुद्ध सर्किट भनेर बुद्ध लुम्बिनीमा जन्मेका हुन् मात्र लेखिएको छ ।नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको तर यो नेपालमा पर्ने जनाउँदै यसको विषयमा सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताउनु भएको छ ।

You Might Also Like This

 

Pages