Saturday, 19 January 2013

भट्टराई नेतृत्वको सरकारको नाङ्गो तस्वीर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारको नाङ्गो तस्वीर देखिएको बताएका छन्। प्रस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले उनले सरकारविरुद्ध अब आन्दोलनमा जानुको विकल्प नभएको भन्दै भनेका छन् ‘प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको नाङ्गो तस्वीर देखियो ।’ नेता महतले सरकार विरुद्ध आन्दोलनको विकल्प नभएको बता्उँदै सरकारले वार्तामा बोलाए वार्तामा बसेर समस्या समाधान गर्न पनि सकिने समेत बताएका छन् ।
महतले दैलेखका पत्रकार हत्यारालाई प्रधानमन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार मुक्ति प्रधानले अनुसन्धान रोक्न दिएको निर्देशन बाट वर्तमान सरकारको नाङ्गो रुप सार्वजनिक भएको बताएका हुन्। नेता महतले डेकेन्द्र थापाको हत्यामा संलग्न व्यक्ति स्वयम्ले कारबाही गरभन्दा पनि कारबाही गर्नुको साटो अपराधीलाई उन्मुक्ति दिने अभिव्यक्ति दिनुले उनको स्वभाव र व्यवहार प्रष्ट भएको भन्दै आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

You Might Also Like This

 

Pages