Friday, 11 January 2013
आत्मकथा लेख्ने तयारी गर्दै अभिनेत्री मनिषा
अभिनेत्री मनिषा कोइराला आफ्नो पाठेघरको अप्रेसनका शिलशिलामा केही समयअघिदेखि न्यूयोर्कमा रहँदै आएकी छिन् ।
क्यान्सरबाट पीडित भई उपचारार्थ न्यूयोर्क पुगेकी कोइरालाले आत्मा कथा लेख्ने तयारी गरेकी छिन् । आफ्नो जीवनमा निकै उतारचढाब भोगेकी कोइरालाले आफ्ना शुभचिन्तकहरुबीच आफ्ना भोगाई बाँड्नको लागि आत्माकथा लेख्ने तयारी गरेको बताएकी छिन् ।
पछिल्लो दिन आफ्नो जीवन आध्यात्मिक प्रक्रियाबाट गुज्रिरहेको बताउँदै आफु आत्मा कथा लेख्न तयार भएको उनले फेसबुक मार्फत बताएकी छिन् ।
बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी मनिषाको सम्राटसँगको वैवाहिक सम्बन्ध समेत सफल हुन सकेन ।