Friday, 4 January 2013
कालिमाटीमा बस दुर्घटना, २ को मृत्यु २ घाइते
राजधानीको कालिमाटी सोल्टीमोडमा दुर्घटनामा परि २ जनाको ज्यान गएको छ भने अन्य दुई जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
बा ३ ख ९८५ नम्बरको मिनिबस शुक्रबार विहान थानकोटबाट रत्नपार्कका लागि छुटेको थियो । उक्त बस बिहान ६ बजे सोल्टीमोडमा डिभाइडरमा ठोकिएर सड्कमा पल्टिँएको थियो । उक्त बसमा यात्रा गरिरहेका गोरखाका २० वर्षिय प्रकाश पन्त तथा उक्त बसका सहचालक विजय गुरुङ्गको मृत्यु भएको कुरा ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरू मध्ये १ जनाको वीर अस्पताल उपचार भैरहेको छ भने अर्का १ जनाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको बताइएको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।