Tuesday, 1 January 2013

शाहरुख खान र रितिक रोसनको भिडन्त ;-


बलिउडका किङ खान अर्थात शाहरुखले अहिले सम्म आफ्नो फिल्म चेन्नई एक्सप्रेसको रिलीज डेट लिन सकिरहेका छैनन् । यसको सबैभन्दा ठुलो कारण हो भएपरका सबै पर्वहरू अरूनै फिल्मले कब्जा गरेका थिए।
शाहरुख सधैभरी आफ्नो ठुलो फिल्म कुनै न कुनै पर्व पारेर रिलीज गर्दै आएका छन् । आगामी बर्षको क्रिसमसमा अमिरको ‘धूम ३’ रिलीज हुनेछ । दिपावलीमा भने ‘कृष ३’ को रिलीज गरिने घोषणा गरिएको छ । ईदमा अक्षयको ‘वन्स अपन ए टाइम इन मुम्बई’ को सीक्वेल रिलीज हुनेछ त्यसैगरि सलमानलाइ लिएर सोहेल खान जुन फिल्म बनाउन लागेका छन् त्यो पनि ईदका बेलामानै रिलीज हुनेछ । १५ अगष्टका दिन सुभाष घई र प्रकाश झा आ-आफ्नो फिल्म रिलीज गर्दैछन् । यस्तो परिस्थितिमा किङ खानलाइ अब आफ्नो फिल्म कहिले रिलीज गर्ने भन्ने दोधार परेको छ । शाहरुख चाहन्छन् कि दिपावलीका बेला उनको फिल्म रिलीज होस किनभने दिपावली उनका लागी निकै लक्की रहेको छ ।
यसका लागी उनले रितिक रोशनको फिल्म ‘कृष ३’ संग टक्कर लिनु पर्नेछ । सूत्रहरूका अनुसार निर्देशक रोहित शेट्टी पनि उनको फिल्म दिपावलीको अबसरमा रिलिज होस भन्ने चाहन्छन् । यदि त्यतिबेला नभएमा उनी जुलाईमा फिल्म रिलीज गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
जुलाई पनि रोहितका लागी भाग्यशाली महीना साबित भैसकेको छ ।  ’गोलमाल’, ‘सिंघम’ र ‘बोल बच्चन’ ‍जुलाईमा नै रिलीज भएको थियो र सुपरहिट पनि भयो । यस्तोमा शाहरुख अब दिपावलीको अबसरमा रितिकसंग भिड्नका लागी तयार हुने कि रोहितको कुरा मान्ने यसैको दोधारमा छन् ।
























You Might Also Like This

 

Pages