Thursday, 10 January 2013

रोनाल्डो पेरिस सेन्ट जर्मेन जालान ?

फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेनले रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई भित्र्याउने इच्छा देखाएको छ । सर्वाधिक धनी क्लब पेरिस सेन्ट जर्मेनले ठूलो रकममा रोनाल्डोलाई भित्र्याउने इच्छा देखाएको हो । क्लबका ट्रान्फर प्रमुख लिओनार्डोले भनेका छन्-’क्रिष्टियानो रोनाल्डो ? पेरिस सेन्ट जर्मेन यस्तो क्लब हो, जहाँ सबै सम्भव छ ।’ क्रिष्टियानो रोनोल्डो जस्ता खेलाडीहरुको क्लब परिर्वतनको कुरा आउँदा चर्चा हुने केही क्लबमा पेरिस सेन्ट जर्मेन पनि पर्ने उहाँको भनाई थियो ।
पेरिस सेन्ट जर्मेनले पछिल्लो समय खेलाडी भित्र्याउने सर्बाधिक रकम खर्चिएको छ । रोनाल्डो सन् २००९ मा ८० मिलियन पाउण्डमा म्यानचेष्टर युनाइटेडबाट रियल मड्रिड गएका हुन् । गत सिजन ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डो यो सिजन भने खासै चल्न सकेका छैनन् र ला लिगामा डिफेण्डिङ च्याम्पियन रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा १६ अंकले पछि छ ।

You Might Also Like This

 

Pages