Thursday, 17 January 2013
दीपक र दीपा ठगिए
चलचित्र अवार्डको नाममा गैर कलाकारहरुलाई उनीहरुसंग पैसा असुलेर दुबई घुमाउने एउटा समूहसंग हांस्य कलाकारद्धय दीपक र दीपा नराम्ररी ठगीएका छन् । बक्स अफिस फिल्म अवार्डको नाममा गत मंसिर २२ गते शुक्रबार दुबई जाने तयारीमा दीपक र दीपा थिए । नेपालबाट कलाकारको जिम्मा लिएका आर. के. सुवेदीले गत वर्ष नेपालमै आयोजना गरेको यस प्रकारको अवार्डमा आफ्नो प्रस्तुति देखाएबापत दीपक र दीपालाई पारिश्रमिक तिर्न बाकीनै थियो ।
दुबईका आयोजक सुमन खाणले नेपालका कलाकारहरुलाई पारिश्रमिक दिएता पनि नेपालका कलाकारको ठेक्का लिएका आर.के. सुवेदीले भने कलाकारहरुलाई पारिश्रमिक दिएनन् । उनले शुक्रबारनै एयरपोर्टमा दीपक र दीपालाई पारिश्रमिक दिने कुरा बताएका थिए । तर, रातभर एयरपोर्टमा दीपक र दीपा ढुकेर बस्दा पनि सुवेदी आएनन् । उता दुबईमा भने दीपक र दीपा आउने भनेर प्रचार–प्रसार गरिएको थियो । यसरी अवार्डको नाममा किर्ते काम गर्ने ब्यक्तीबाट दीपक दीपा नराम्ररी ठगिएको समाचार छ ।