Thursday, 10 January 2013
चेल्सीको घरेलु मैदानमा स्वान्सीको जित
२६ पुस, काठमाडौं । क्यापिटक वान कप फुटबलको सेमिइफानलको पहिलो लेगमा स्वान्सीले चेल्सीलाई २–० ले पराजित गरेको छ । स्वान्सीले चेल्सीको घरेलु मैदानमा ८७ वर्षमा पहिलो जित हात पारेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हापमा चेल्सीले स्वान्सीलाई दबावमा राखेको थियो । तर, डिफेण्डर इभानोभिचको गल्तीको फाइदा उठाउँदै ३९ औं मिनेटमा मिच्युले स्वान्सीलाई सुरुवाति अग्रता दिलाए ।
चेल्सीले खेलमा फर्कन लगातार प्रयास जारी राखेका बेला खेलको अन्त्यतिर इभानोभिचले कमजोर ब्याकपास दिएर गल्ती गर्दा ड्यानी ग्राहमले गोल गरे र स्वान्सी २–० ले विजयी भयो । खेलको अन्त्यमा डेम्बा बाले गोल गरे पनि रेफ्रीले अफसाइड दिए ।
दोस्रो लेग स्वान्सीको घरेलु मैदानमा जनवरी २३ मा हुनेछ । दोस्रो लेगमा चेल्सीलाई रोक्न सके स्वान्सी सय वर्षदेखिको प्रतक्षामा रहेको मुख्य प्रतियोगिताको उपाधी नजिक पुग्नेछ ।