Saturday, 19 January 2013

आफ्नो घरमा पालेको कुकुरलाई २१ करोड सम्पत्ति

आफ्नो घरमा पालेको एक कुकुरलाई इटलीकि एक महिलाले आफ्नो संम्पूर्ण सम्पत्ति अर्थात करिव २१ करोड रुपयाँ उसैको नाममा राखिदिएकी छिन । ८४ वर्षीय महिला आफ्नो छोरी र नातीनातिनिहरु सँग कसार्टा शहरमा बस्तै आएकिछिन्। उनले आफ्नो वारिस नामामा लेखेको छ कि ‘उनको मृत्यु पछि संकर प्रजातिको कुकुर ‘किक्को’ लाई ताघरजग्गा, घडेरी र बैंक खाको मालिक बन्‍ने छ’।वृद्ध महिलाको वकील लूसिया एस्पोसिटोका अनुसार उसले आफ्नो पतिको मृत्यु लगतै यो निर्णय लिएको र आफ्नो हतैले वारिस नामामा हस्ताक्षर गरेको वताए।
यस निर्णयको घोषणा गत शनिवार महिलाको निजी निवासमा भएको थियो। इटलीको कानुन अनुसार घर पाल्तु जनावरहरुलाई सम्पत्तिको वारिस बनाउने कुनै कानुनी आधार छैन।त्यसैले जो व्याक्ति आफ्नो पाल्तु जनावरहरुलाई सम्पत्तिको वारिस बनाउन चाहन्छन् उनिहरुले सरकारी निकायका कर्मचारीलाई आफ्नो सम्पत्तिको रेखदेखको रुपमा नियुक्त गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । त्यसैले वकील लूसिया एस्पोसिटोले यो जिम्मेवारी पाएकाछन्।

You Might Also Like This

 

Pages