गोविन्द केसी, दैलेख, पुस २१ - तत्कालिन माओवादी कार्यकर्ताबाट मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा दैलेख प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकृकित नेकपा माओवादी तथा नेकपा माओवादीका जिल्ला स्तरीय नेता/कार्यकता छन्। पत्रकार थापाको हत्या अभियोगमा द्वारी -१ का लक्षीराम घर्तीमगर, रानीवन -१ का जयबहादुर शाही, बालुवाटार- ७ का बीरबहादुर केसी, बालुवाटार- ९ का निरकबहादुर घर्तीमगर र द्वारी- ३ का हरिलाल पुनमगरलाई अनुसन्धानको लागि दैलेख प्रहरीले पक्राउ गरेको हो।
थापापत्नी लक्ष्मीले स्थानीय माओवादी कार्यकर्ताहरु 'मुक्ति' भनिने कट्टीका बमबहादुर खड्का, छिउडीपुसाकोटका बमबहादुर खड्का, केशव खड्का, द्वारीका लक्षीराम घर्तीविरुद्ध कानुनी कारबाहीको माग गर्दै ०६५ भदौ १२ गते जाहेरी दर्ता गरेकी थिइन्।
डिएसपी शारदाप्रसाद चौधरीले अनुसन्धानको लागि पक्राउ गरिएको जानकारी दिएका छन्। पुनरावेदन अदालत सुर्खेतले १५ गतेसम्म जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाएर के कति कारणले पक्राउ गरी अनुसन्धान गरेको भनेर लिखित रुपमा परमादेश जारी गरेको छ। जाहेरी दिएको ४ वर्षपछि उनीहरु अनुसन्धानको लागि पक्राउ परेका हुन्। आइतबार प्रहरीले जिल्ला अदालत दैलेखमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गर्ने तयारी गरेका छ।
पत्रकार हत्या अभियुक्त पक्राउ परेपछि स्थानीयहरुले छोड्न दबाब दिन गएका एकिकृत नेकपा माओवादी इञ्चाज कर्ण बस्नेत तथा नेकपा-माओवादीका पुर्व सभासद् भरत रेग्मी लगाएत नेताहरुलाई प्रहरी कार्यालय बाहिर घेराउ गरेका थिए। सदरमुकाममा स्वर्गीय पत्रकार थापाको शुभचिन्तकहरुको ठूलो भिड् लागेको छ। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते द्वारी-१ स्थित नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो।

प्रहरीले घटनाको अनुसन्धान गर्न किटानी जाहेरीमा नाम भएका लक्षीराम घर्तीलाई नियन्त्रणमा लिएपछि अन्य कार्यकर्ताहरु मुछिएका हुन् । किटानी दिएका अन्य ३ जना आरोपीहरुलाई व्यापक खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिए। बीरबहादुर केसी बाहेक अरु नेकपा-माओवादी समर्थित कार्यकर्ताहरु हुन्।